२१३ रनको लक्ष्य पछ्याएको नेपालको मध्यम ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्याण्टबीचको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मध्यम प्रदर्शन गरेकाे छ।

२ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले मध्यम प्रदर्शन गरेकाे छ। नेपालका अधिकांश ब्याटम्यानहरु अपेक्षाअनुरुप चल्न सकेनन्।

स्कटल्याण्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले ३३ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएर खेलिरहेकाे छ। अहिले कप्तान राेहित पाैडेल र करण केसीले ब्याटिङ गरिरहेका छन्।

अर्धशतकीय इनिङ खेलेका कप्तान पाैडेलले ६६ बलमा ५७ रन बनाएर खेलिरहेका छन्। भने, भर्खरै ब्याटिङमा आएका केसीले ७ बलमा ५ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए। त्यस्तै आसिफ शेख १२ रन बनाएर आउट भए।

त्यसैगरी ज्ञानेन्द्र मल्ल पनि २१ रन बनाएर आउट हुँदा कुशल मल्ल १७ रनमै समेटिए। भने, १९ ओभरको चौंथो बलमा सन्दीप जोरा पनि आउट हुन पुगे।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले १६ बलमा ७ रन बनाएर आउट भए। सोमपाल कामी पनि ७ बलमा २ रन बनाएर नेपालको सातौँ विकेटका रुपमा आउट भए। लेग स्पिनर सन्दीप लामिछाने पनि ९ रन बनाएर आउट भए। यसरी मध्यम लक्ष्य पछ्याइरहेकाे नेपालले सामान्य प्रदर्शन गरेकाे छ।

प्रकाशित मिति: : 2023-02-21 15:57:00

प्रतिकृया दिनुहोस्