अमेरिका आउने 'तल्लो बाटो' बन्द हुँदै, नेपाली पनि प्रभावित

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा तल्लो बाटो भएर आउने नेपालीहरुको अमेरिकी सपना अब चकनाचुर हुने भएको छ । बाइडेन प्रशासनले गैरकानुनी रूपमा अमेरिकी सीमा पार गर्नेलाई शरण नदिने नयाँ नियम सार्वजनिक गरेसँगै उनीहरूको सपनामा पानी फेरिन लागेको हो । नयाँ नियमअनुसार बाटामा पर्ने देशमा असाइलमको आवेदन दिएर पनि अस्विकृत भएको प्रमाण भएका आप्रवासीले मात्र अमेरिकामा शरण पाउँने छन् । 

नेपालको खासगरी वागम्ती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कम्तिमा पनि एकहजार युवाहरू महिनामा तल्लो बाटो भएर अमेरिका आइरहेका छन् । मानव तस्करहरूलाई लाखौ तिरेर महिनौको जोखिमपूर्ण यात्रापछि मेक्सिको हुँदै अमेरिका आउनु उनीहरूका लागि एक किसिमको जोखिमपूर्ण खेल 'एडभेन्चर' जस्तै छ । 

अब यही खेल बाइडन प्रशासनले बन्द गर्न लागेको हो ।

यहाँ क्लिक गर्नुहोस् र पढ्नुहोस् प्रस्तावि नियमको पूर्ण पाठ 

अमेरिकी न्याय मन्त्रालय गृह सुरक्षा मन्त्रालयले संयुक्त रूपमा मंगलबार घोषणा गरेको यो नियम विहीबार फेडरल रजिष्टरमा प्रकाशित हुनेछ । ३० दिनको कमेन्ट अवधि सकिएपछि मे
महिनादेखि कार्यान्वयनमा आउने नियम सन् २०२४ सम्म लागु हुनेछ ।

प्रस्तावित नियम बाइडेन प्रशासनले सीमा नियन्त्रण गर्न ल्याएको सबैभन्दा कडा उपाय हो । सन् २०२४ को चुनावमा उम्मेद्वार हुन खोजिरहेका बाइडनले आप्रवासी मुद्दालाई आफ्नो पक्षमा पार्न प्रस्तावित नियमको घोषणा गरेको  अनुमान गरिएको छ । 

ट्रम्प प्रशासनले लागु गेरका कडा अध्यागमन नीतिहरु उल्टाएका बाइडन सीमा सुरक्षा व्यवस्था गर्न सफल हुन सकेका छैनन् । र, यो मुद्दा २०२४ को चुनावमा पेचिलो बन्देछ । त्यही मुद्दालाई सम्बोधन गर्न बाइडन यो निर्णयमा पुगेको हुन सक्छ ।

बाइडन प्रशासनले ल्याएको यो नियमबाट अमेरिकाका नेपाली कानून व्यवसायीहरू, उनीहरूको एजेन्टका रूपमा काम गर्ने सञ्चारकर्मी, अभियन्ताहरू, कागजबिहीनलाई सस्तो नगदमा काम लगाएर मुनाफा लिइरहेका मुनाफाखोरहरूको व्यवसाय पनि प्रभावित हुने भएको छ । 

प्रकाशित मिति: : 2023-02-23 01:04:00

प्रतिकृया दिनुहोस्