आइसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतलाई २ सय ४३ रनले पराजित गरेको छ।
शनिबार यूएईस्थित मलिका क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले कुवेतलाई फराकिलो अन्तरले जितेको हो।
नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए। खनालले ११७ बलमा १२५ रन बनाए। भने, अर्जुन कुमालले कुमालले १०८ रनको योगदान दिए। उनले ११२ बल खेल्दै १२ चौका हाने।
त्यस्तै, नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २र२ विकेट लिए। यता, कुवेतका लागि क्रिस्टोफर सालधानाले २६ रन बनाए भने, रसिन मोहमदले १९ रन बनाएका थिए। त्यस्तै, किसोरी भाइ हिन्सु १६ रन बनाए भने कुवेतका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफ भए।
यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो। प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन्।