प्रदेश १ काे नामाकरण हुँदै, प्रदेशसभा अगाडि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू) 

प्रदेश १ ले आज नाम पाउँदै छ। नामाकरणको प्रस्ताव प्रदेशसभामा पेस गर्न प्रदेशसभा सचिवालयले कार्यसूची जारी गरिसकेको छ।

नामाकरणको प्रस्ताव पेस गर्ने भएसँगै प्रदेशसभा अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ।

आज बिहानै सुरक्षा संयन्त्रको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियो। नामाकरणको विषय प्रदेशसभामा प्रवेश हुँदा आन्दोलन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।

तस्बिरहरू :


प्रकाशित मिति: : 2023-03-01 11:43:00

प्रतिकृया दिनुहोस्