आईसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो।
यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे भने, कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो ओभरमा नै आउट हुन पुगे।
यता, नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करण केसी,कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिए। लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल आज पनि जितको खोजीमा छ।