आजबाट प्रत्येक शनिबार ‘उफ्फ ल्याङ भो’ प्रसारण हुने

समसामयिक विषयवस्तुमा आधारित सिरियल ‘उफ्फ ल्याङ भो’ आजबाट प्रसारण हुने भएकाे छ। 

‘टापु प्रोडक्सन’ नामक युटुब च्यानलबाट प्रसारण हुने सिरियल प्रत्येक शनिबार प्रदर्शन हुनेछ। 

समसामयिक विषयवस्तुलाई रोमान्टिक कमेडी शैलिमा प्रस्तुत गर्न खोजिएको उक्त सिरियलमा उत्तम के.सी., तारा के.सी., शुशिला निरौला, शिशिर अर्याल, भिमसेन अधिकारी, पुजा कटुवाल, बेदनाथ धमला, रामचन्द्र पोख्रेल, जीवन ठाकु, हापु के. सी., बिष्णु परियार ,यम तामाङ आदिको अभिनय रहेको छ।  

शिशिर अर्यालकाे लेखन, निर्देशन र सम्पादन रहेकाे सिरियलमा उत्सब पौडेलको सह- निर्देशन, दिप्सन डङ्गोल र समर्पण रेग्मीको छायांकन, बेदनाथ धमलाको ब्यबस्थापन र बिश्वराम के.सि. को शृङ्गार रहेको छ।

पहिलो श्रृङ्खला परिचयत्मक श्रृङ्खला र आउँदो श्रृङ्खलामा आम- दर्शक, समिक्षकबाट आएको प्रतिक्रिया मध्यनजर राख्दै कथावस्तुलाई अगाडि बढाउने तथा आउँदो दिनमा चर्चित कलाकारहरू समेत रहने निर्माण टिमले बताएकाे छ।

प्रकाशित मिति: : 2023-03-04 18:11:00

प्रतिकृया दिनुहोस्