हिन्दी सिनेमाका निर्माता, निर्देशक, हास्य कलाकार तथा लेखक सतिश कौशिकको निधन भएकाे छ। उनकाे बुधबार (८ मार्च)को दिन हृदयघातका कारण निधन भएको हाे।
१३ अप्रिल सन् १९५६ को दिन जन्मेका कौशिकले नेसनल स्कुल अफ ड्रामा र फिल्म एन्ड टेलिभिजन इन्सिच्युटबाट अभिनयको तालिम लिनुभएका कौशिकले ‘जाने भी दो यारो’ (सन् १९८३)देखि आफ्नो करियर सुरु गरेका थिए।
२० सिनेमाको निर्देशन र करिब दुई सय सिनेमामा अभिनय गरेका कौशिकले केही टेली सिरियलहरुमा पनि अभिनय गरेका थिए।