पपुवा न्युगिनीले युएईलाई हरायो

आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १९० रनमा समेटियो। युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए।तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९ र १९ रन बनाए।

पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई र दुई विकेट लिए। सिमो कमिया र नर्मन भानुवाले समान एक र एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई ४६ रन बनाएको थियो।

पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे।युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई र दुई विकेट लिए। कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक र एक विकेट लिए।

विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप लिग दुईमा पपुवा न्युगिनी ३४ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ। यस हारसँगै युएई ३३ खेलमा ३१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-03-10 18:15:00

प्रतिकृया दिनुहोस्