युएईमाथि नेपालकाे सानदार जित, जाेगियाे एकदिवसीय मान्यता

काठमाडौँमा जारी आइसीसी विश्वकप लिग– २ को अन्तिम श्रंखलाअन्तर्गत खेलमा नेपालले युएईमाथि सान्दार जित निकालेकाे छ।

आइतबार त्रिवि मैदानमा भएको खेलमा नेपालले युएईमाथि १ सय ७७ रनकाे सानदार जित निकालेकाे हाे। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएकाे युएई २२. ५ ओभरमा ७१ रन बनाएर अलआउट भयाे।

जवाफी ब्याटिङमा उत्रिएका युएईका ब्याड्स म्यानमाथि नेपाली खेलाडीले सुरुवातीदेखि नै दबाबमा राखेकाे थिए।

युएईका लागि आयान खानले २९ रन बनाए पनि अन्य खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। उसका असओन्था भाल्थापाले १४ तथा कार्तिक मैयप्पनले ११ रन बनाएर आउट भए। अन्य खेलाडीले दाेहाेराे रन बनाउन सकेनन्।

नेपालका ललित राजवंशीले सर्वाधिक पाँच विकेट लिन सफल भए।

टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ४८ रन बनाएको थियाे।

नेपालका लागि कप्तान रोहित पौडलले ७७ रनकाे अर्धशतकीय इनिङ खेले। भने, आरिफ शेख ४३ रन बनाएर आउट भए।

त्यसैगरी गुलशन झाले ३७, दीपेन्द्र सिंह ऐरी ३४ तथा भीम सार्कीले २९ रन बनाए।

याे जितसँगै नेपालकाे एकदिवसीय अन्तराष्ट्रिय मान्यता जाेगिएकाे छ। भने, एकदिवसीय विश्वकपको ग्लोबल छनोटकाे लागि नेपाल अझ नजिक पुगेकाे छ।

त्यस्तै नेपाल आइसीसी विश्वकप लिग– २ को चाैँथाे स्थानमा उक्लिएकाे छ। यसअघि चाैँथाे स्थानमा रहेकाे अमेरिकालाई नेपालले पछि पारेकाे हाे।

नेपालले अब बाँकी दुई खेलमा शतप्रतिशत जित निकाले सिधैं एकदिवसीय विश्वकपमा छनाेट हुनेछ। त्यसकाे लागि नेपालले भाेलि (साेमबार) पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति: : 2023-03-12 19:25:00

प्रतिकृया दिनुहोस्