युएईले दियाे नेपाललाई ३११ रनकाे विशाल लक्ष्य

आइसीसी विश्वकप लिग– २ अन्तर्गतकाे अन्तिम खेलमा युएईले नेपाललाई विशाल लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा युएईले पूरा ८० ओभर खेल्दै ६ विकेट गुमाएर नेपालसामु ३ सय ११ रनकाे लक्ष्य प्रस्तुत गर्‍याे।

नेपाललाई विशाल लक्ष्य दिने क्रममा युएईका असिफ खानले शतकीय र बाँकी दुई खेलाडीले अर्धशतकीय इनिङ खेले। खानले मात्रै ४१ बलमा अर्धशतक पूरा गरे।

त्यस्तै भृत्य अर्विन्ददे र कप्तान मोहमद वासिमले क्रमश: ९४ र ६३ रन प्रहार गरे।

नेपालका दीपेन्द्रसिंह ऐरी २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

नेपालले युएईले दिएकाे उक्त लक्ष्य पूरा गरे एकदिवसीय विश्वकप छनाैट चरणमा प्रवेश गर्नेछ।

प्रकाशित मिति: : 2023-03-16 13:18:00

प्रतिकृया दिनुहोस्