लयमा फर्कियाे नेपालकाे ब्याटिङ, भीम सार्कीले पूरा गरे अर्धशतक

आइसीसी विश्वकप लिग– २ काे त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतकाे अन्तिम खेलमा नेपाल र पाहुना टाेली युएईबीच प्रतिस्पर्धा जारी छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले दिएकाे ३ सय ११ रनकाे लक्ष्य पछ्यारहेकाे नेपालले मध्यम प्रदर्शन गरिरहेकाे छ। खराब सुरुवात गरेकाे नेपालकाे खेललाई अहिले भने भीम सार्की र माेहमद शेखले लयमा ल्याएका छन्।

अहिले नेपालले २७.३ ओभरमा १ सय ६४ रन बनाएर खेलिरहेकाे छ। अहिले क्रिजमा रहेकाे भीम सार्कीले ६७ बलमा ६१ रन बनाएर खेलिरहेका छन। भने, अर्का ब्याट्स म्यान शेखले ३४ बलमा २५ रन बनाएर खेलिरहेका छन्।

नेपालकाे ४ विकेट गुमिसकेकाे छ।

सुरुवाती चरणका ब्याटस् म्यान धमाधम आउट भए पनि त्यसपछि मैदानमा आएका यी दुई खेलाडीले खेललाई लयमा ल्याएका छन्।

यसअघि ओपनर कुशल भुर्तेल पनि ५० रन बनाएर आउट भएका थिए।

प्रकाशित मिति: : 2023-03-16 15:49:00

प्रतिकृया दिनुहोस्