पर्यटन मन्त्री किराँतीकाे गीत ‘पहराकी फूल’ सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीकाे ‘पहराकी फूल’ नामक गीत सार्वजनिक भएकाे छ। आइतबार काठमाडौँकाे थापागाउँस्थित मण्डला नाटकघरमा आयाेजित एक कार्यक्रममार्फत गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे।

मन्त्री किराँतीले लेखेकाे उक्त गीतमा शान्तिराम राईकाे संगीत र रुपकुमार राईकाे स्वर रहेकाे छ। भने, म्युजिक भिडियाेमा दयाहाङ राई, बेदना राईलगायतकाे अभिनय रहेकाे छ।

गीतकाे सार्वजनिक कार्यक्रममा बाेल्दै मन्त्री किराँतीले कला साहित्य भनेकाे फूलबारीकाे यात्रा रहेकाे बताए। ‘कला र साहित्य भनेकाे फूलबारीकाे यात्रा हाे। पहराकी फूललाई मैले एउटा निर्जीव शब्द दिएकाे थिएँ, त्यसलाई संगीत गरेर गाउँदा गीत बन्दाेरहेछ। कुनै घटनाबाट निर्माण भएकाे शब्द नै पहराकी फूल हाे,’ उनले भने।

त्यस्तै दयाहाङ राईले उक्त गीत उत्कृष्ट रहेकाे प्रतिक्रिया दिए।

प्रकाशित मिति: : 2023-03-19 19:14:00

प्रतिकृया दिनुहोस्