सशस्त्र द्वन्द्वका २७ वर्ष : व्यवस्था बदलियो, पीडितका दुःख उही

माओवादी द्वन्द्व शुरु भएको २७ वर्षपछि दाङ घोराहीका दुखराम चौधरीलाई आफ्नी छोरीको बलिदानी खेर गएजस्तो लागेको छ । ‘यो लडाइँले हामी जस्तालाई केही दिएन’ उनले भने, ‘अहिले म छोरीको रगत खेर गयो भनेर सम्झेर रुन्छु ।’

दाङ घोराहीका द्वन्द्वपीडित दुखराम चौधरी ।
दाङ घोराहीका द्वन्द्वपीडित दुखराम चौधरी ।

७५ वर्ष पुगेका दाङ घोराहीका दुखराम चौधरीलाई सम्झना छ, सशस्त्र द्वन्द्वताका माओवादीले जनतामा बाँडेका परिवर्तनका सपनाहरु । माओवादी भन्थे, ‘यो लडाइँ हाम्रो लागि होइन, जनताका लागि हो । जातीय छुवाछुत, वर्गीय विभेद जस्ता सबैखाले विभेदहरु अन्त्य हुनेछ । हाम्रा जीवन बदल्नेछ ।’

राजनीतिक व्यवस्थासँगै सामाजिक व्यवस्था उथलपुथल गर्न माओवादीले नयाँ जनवादी क्रान्तिको लक्षसहित सशस्त्र द्वन्द्व सुरु गरेको थियो । द्वन्द्व सुरु हुँदै गर्दा उनलाई पनि लागेको थियो, द्वन्द्वका त्रासपूर्ण दिनपछि समाजमा भएका असमानता र विभेद, गरीबी र उत्पीडन सबै अन्त्य हुनेछन् । हाम्रा दुःख सकिनेछन्, सुखका दिन आउला ।’

प्रकाशित मिति: : 2023-03-23 08:55:00

प्रतिकृया दिनुहोस्