गायक चन्दको गीत 'घाटी रेटिन्छ' सार्वजनिक (भिडियाे)

गायक रामचन्द्र चन्दले नयाँ गीत ‘घाँटी रेट्नलाई’ बजारमा ल्याएका छन्।

उनले दुई हप्ता अघि आफ्नै नामको रामचन्द्र चन्द नामक युट्युव च्यानलबाट ल्याएका हुन्। गीतमा गायक चन्दसँगै गायिका समीक्षा अधिकारीको स्वर छ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमी जोडीको वियोगान्त कथालाई विषय बनाइएको छ। गीतमा कलाकार चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराईलगायतले अभियान गरेका छन्।

नन्दु परियारको संगीत रहेको गीतमा प्रकाश न्यौपानेको शब्द छ। गीतको  भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्।

प्रकाशित मिति: : 2023-04-03 18:32:00

प्रतिकृया दिनुहोस्