ट्युनिसियामा डुङ्गा डुब्दा कम्तीमा २० आप्रवासी बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर

ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएको स्फ्याक्स प्रान्तका एक न्यायिक अधिकारीले बताएका छन्।

सब–सहारा मुलुकका कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुङ्गा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताएका छन्। 

अहिलेसम्म १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको मस्मौदीले बताएका छन्। मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो।

ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको वावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ।

प्रकाशित मिति: : 2023-04-09 05:46:00

प्रतिकृया दिनुहोस्