बसकाे ठक्करबाट पैदल यात्रीको मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

दाङमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।

बसको ठक्करबाट घोराही उपमहानगरपालिका– १२ बरुवा गाउँ बस्ने १८ वर्षीय वसन्त केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ३१२६ नम्बरको बसले शनिबार साँझ चार बजेतिर केसीलाई घोराही– १० नारायणपुरमा ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता गौतमले बताए।

ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2023-04-15 18:32:00

प्रतिकृया दिनुहोस्