एसीसी प्रिमियर कप: सोमपालले दिलाए नेपालाई दोस्रो सफलता

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।

नेपालका लागि सोमपाल कामीले सफलता दिलाए। उनले ५ ओभरको छैटाैँ बलमा कतारका इमाल लियान्गेलाई अाउट गराए। यसअघि नेपालका लागि ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गराएका थिए।

प्रकाशित मिति: : 2023-04-27 13:31:00

प्रतिकृया दिनुहोस्