एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने

photo: CAN
photo: CAN

काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाे छ।

बिहीबार सम्पन्न समूह चरणकाे समीकरणसँगै नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाे हाे। नेपाल र कुवेतबीचकाे खेल शनिबार हुँदैछ।

बिहीबार कुवेतले हङकङलाई ३० रनले हराउँदै समूह ‘बि’को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग प्रतिस्पर्धा भएकाे हाे। यता नेपालले आज कतारलाई ६४ रनले हराउँदै समूह ‘ए’को विजेता बनेको छ।

सेमिफाइनल जित्ने दुई टोलीले उपाधिको लागि वैशाख १८ गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेता टोली आगामी सेम्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ।

त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

प्रकाशित मिति: : 2023-04-27 17:22:00

प्रतिकृया दिनुहोस्