नेपाललाई तेस्राे झट्का, आसिफ शेख पनि आउट

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचकाे सेमिफाइनल खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले छाेटाे समयमै तीन विकेट गुमाएकाे छ।

ओपनर कुशल भुर्तेल ३८ बलमा ४३ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका भीम सार्की १ रनमै आउट भए।

त्यस्तै ओपनर आसिफ शेख पनि ३१ रन बनाएर आउट भएका छन्। उनले २८ बलकाे सामना गरे।

नेपाल अहिले १२.२ ओभरमा ८० रन बनाएर खेलेकाे छ।

प्रकाशित मिति: : 2023-04-29 09:55:00

प्रतिकृया दिनुहोस्