शुक्रबार, ११ जुलाई २०२५

'प्रचण्ड सरकार सुनको महत्त्व बिर्सेर पित्तलको पछाडि दौडियो'

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-02-12 21:54:00
News Image
• • •

नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जनयुद्ध दिवसको नाममा सरकारले दिएको सार्वजनिक बिदाबारे बेग्लै टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् सरकार सुनको महत्त्व बिर्सेर पित्तलको पछाडि दौडिएको आरोप लगाएका छन्। नेता शाहले भोलिको सार्वजनिक बिदा खारेज गर्न पनि सरकारसँग माग गरेका छन्।

उनी लेख्छन्, 'शहीद दिवसको बिदा कटौती गरेर निर्दोष मान्छेको हत्या गरेर मन्दिरका मुर्ति चोरेर सुरु गरेको आतंकको सम्झनामा बिदा दिनु भनेको सुनको महत्व बिर्सेर पित्तलको पछाडि दौडिनु जस्तै हो। भोलिको बिदा खारेज गर।'

सरकार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?