नेपाल र कुवेतबीचको खेल ४५ ओभरमा झारियो

बर्षाको कारण खेल प्रभावित भएपछि एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४५ ओभरमा झारिएको छ।

त्रिवि क्रिकेट मैदानमा खेल जारी भएको क्रममा केहीबेर अघि बर्षाका कारण रोकएको खेल ४५ ओभरमा झारेर पुन: सुचारु हुन लागेको हो। पहिलो ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रनका साथ खेलिरहेको थियो।

दुबै टोली फाइनलमा पुग्ने लक्ष्यसहित खेलिरहेका छन्। 

प्रकाशित मिति: : 2023-04-29 12:14:00

प्रतिकृया दिनुहोस्