एसीसी प्रिमियर कपको उपाधिकाे लागि नेपाल र युएई भिड्ने

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ।

शनिबार नेपालले पाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाको कारण रोकिँदा नेपाल समूह ‘ए’को विजेताको रुपमा सिधैं फाइनलमा प्रवेश गरेको हो भने, युएइले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो। युएइले ओमनलाई दुई रनले हराउँदै फाइनलमा आफनो स्थान सुरक्षा बनायो।

कूल १० राष्ट्रको सहभागीता रहेको सो कपमा नेपालसहित लेसिया, साउदी अरेबिया, कतार र ओमान छन भने समूह ‘बि’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका थिए।

प्रतियोगिताको विजेता टोली आगामी सेम्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

प्रकाशित मिति: : 2023-04-29 17:06:00

प्रतिकृया दिनुहोस्