सहकारी, रोजगारी र विकास

राजधानी दैनिक

काठमाडाैँ

कृषि उत्पादनमा प्रयोग गरिने यन्त्र, उपकरणको उत्पादन गर्न र व्यावसायीकरणको विकास गर्नसमेत सहकारी ज्यादा उपयोगी हुन्छ । आधुनिक सुपरमार्केटहरू सञ्चालन गर्न पनि सकिन्छ । निर्यातजन्य उद्योगहरू सञ्चालन गरी सहकारीको उद्देश्यअनुसार चलाउने हो भने अवश्य पनि सफलता प्राप्त गर्न सकिन्छ । 

हामीले सहकारीमार्फत गरिबी निवारण गर्न सकिने विभिन्न आधार रहेका छन् । खासगरी सहकारीलाई स्वयत्तता प्रदान गरिएपछि सहकारी संघ, संस्थाहरूको गठन गर्ने क्रम बढेर गएको देखिन्छ । हालसम्म ३५ हजारभन्दा बढी सहकारी संघ संस्थाहरू क्रियाशील रहेका छन् । यसमा आबद्ध ६३ लाखभन्दा बढी सदस्य छन् । यसमध्ये ५१ प्रतिशतभन्दा माथि महिलाहरू सहभागी छन् । सहकारीबाट ६५ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । स्वरोजगार बनेका छन् भने बैदेशिक रोजगारीमा गएकाहरू फर्केर व्यावसायिक खेती तथा उद्यम गरेर जीवन सफल बनाएका छन् ।

प्रकाशित मिति: : 2023-05-01 06:24:00

प्रतिकृया दिनुहोस्