एसीसी कपकाे उपाधिका लागि नेपाल युएईसँग भिडदै

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको उपाधिका लागि आज (साेमबार) नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई टोलीबीच बिहान ९ बजेबाट खेल सुरु हुनेछ। आजको खेलको विजेताले आगामी  सेप्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुने छन्।

नेपाली समूह 'ए'मा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हाे भने समूह 'बि'मा रहेको युएई एक खेलमा पराजय भएको थियो।

नेपाली टोलीले राखेको अपराजित यात्रालाई कायम गर्द युएईलाई हराउँदै एसीसी कपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रिदै छ। एसिया कपमा छनाैट हुने टाेली भारत, पाकिस्तानलगायत देशरूसँग प्रतिस्पर्धा गर्न पाउने छन्।

प्रकाशित मिति: : 2023-05-01 06:31:00

प्रतिकृया दिनुहोस्