एमालेको अपराधी बचाउने चरित्र: फरार सांसद लुकाउँदै, सरकार धम्काउँदै

BreaknLinks
BreaknLinks

हाल नेकपा (एमाले)का दुई जना सांसद प्रहरीको फरार सूचीमा छन्। महोत्तरी– १ बाट निर्वाचित लक्ष्मी महतो कोइरी र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर राइमाझी। यद्यपि, प्रहरीको फरार सूचीमा रहेका कोइरीको सांसद पद खारेज भइसकेको छ।

कोइरीमाथि हत्या अभियोग छ भने रायमाझीमाथि ठगी प्रकरण जोडिएको छ। दुबैलाई प्रहरीले खोजिरहेको बताउने गरे पनि भेटाउन भने सकेको छैन। कोइरी फरार रहेको ७ वर्ष भइसक्यो। यो बिचमा उनी गएको मंसिर ४ को आमनिर्वाचनमा सांसद जितेर संसदमा उस्थितिसमेत जनाउन भ्याए। प्रहरीले उनलाई नदेखेझैँ गर्‍यो।

कोइरीलाई २५ भदौ २०७२ मा उच्च अदालत जनकपुरले हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि एमालेले उनलाई पक्राउ गर्न सघाउनुको साटो सांसद बनायो। संसदमा बचाउन ठुलै कोसिस गर्‍यो। अहिले उनी कहाँ छन भन्ने सार्वजनिक रुपमा आंकलन गर्नेबाहेक तथ्य छैन। प्रहरीसमेत कोइरी कहाँ छन् भन्नेमा अनविज्ञता प्रकट गर्छ।

अझ रोचक त एमाले सांसद टोपबहादुर रामाझी फरार रहेको घटनाले लिएको छ। उनीमाथि नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी गरेको आज शुक्रबार तीन दिन पुगेको छ। बुधबार गृहजिल्ला अर्घाखाँचीमा कार्यक्रममा सहभागी भइरहेको समयमा रायमाझीमाथि पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएपछि पत्रकारसँग कुरा गर्दै प्रहरीलाई सघाउने रायमाझीले अर्घाखाँचीबाट सन्देश दिए। उनी कार्यक्रमस्थलबाट संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं फर्किने तयारीका साथ रुपन्देही पनि आए। रुपन्देही आएपछि उनी काठमाडौं फर्किनन्।

उनी रुपन्देहीबाट फरार भए। रायमाझी रुपन्देहीबाट फरार भएपछि प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ। खुलमखुल्ला हिँडिरहेका उनलाई प्रहरीले पक्राउ गर्न नसकेको कि राजनीतिक दबाब सहन नसकेको चौतर्फी प्रश्न छ। बिहीबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रायमाझी आफ्नो सम्पर्कमा रहेको बताएपछि प्रहरीले पक्राउ गर्नका लागि थप तत्परता देखाउनु पर्थ्याे तर मौन जस्तै छ प्रहरी।

एमाले अध्यक्ष ओलीले पनि प्रहरीलाई सघाउन छाडेर खुलेयाम संरक्षणमा देखिएका छन्। सांसद रायमाझीलाई पक्राउको तयारी भएपछि उनी सिधैं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटे। भेटपछि उनले पक्राउ नगर्न दबाब दिइरहेको स्रोत बताउँछ।

ओली प्रहरीको अनुसन्धानलाई समेत विश्वास गर्दैनन्। र, सार्वजनिक रुपमै भन्छन्– ‘निर्दोष फसाउन खोजियो भने हामी सहदैनौँ।’ उनले बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै फसाउन खोजियो भने सहेर नबस्ने खुला रुपमा सरकारलाई चेतावनी दिए।

ओलीले आफ्नो सांसदले गरेको अपराधको बचाउ गर्दै पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको र बहालवाला सांसदलाई बाटोबाटै पक्राउ गर्न खोजिनु राम्रो नरहेको प्रतिक्रिया दिए। उनले प्रहरीको अनुसन्धानलाई षड्यन्त्रको संज्ञा दिँदै भने– ‘एउटा सांसदलाई बाटोबाटै पक्राउ गर्न खोजिनु राजनीतिकरण हो।’

ओलीको यो भनाइमा ठुलो अर्थ छ। आफ्ना सांसदलाई बचाउन उनले सरकारलाई धम्काइरहेको रुपमा बुझ्न कठिन छैन। कोइरीलाई बचाउन उनले कतिसम्म गरे भन्ने आजसम्म पक्राउ नपर्नुले छर्लङग हुन्छ।

सुरक्षाका जानकारहरु पनि राजनीतिक संरक्षणका कारण सांसद रायमाझी, कोइरीलाई प्रहरीले पक्राउ गर्न नसकेको बताउँछन्। नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले प्रहरीले चाहेको भए रायमाझी बुधबार नै रुपन्देहीबाट पक्राउ पर्न सक्ने अवस्था रहेको बताए। तर, प्रहरी राजनीतिक दबाबमा रहेको बुझ्न कठिन नहुने उनको भनाइ छ।

प्रहरी संगठन एउटा खुलेयाम हिँडेको फरार व्यक्तिलाई पक्राउ गर्न नसक्ने गरी कमजोर भएको हो ? बिएल नेपाली सेवाको प्रश्नमा उनी यसमा विभिन्न कारण रहेका बताउँछन्। मल्लले फरार सांसद रायमाझीलाई पक्राउ नगर्न प्रहरीमाथि दबाब रहेको भएको सजिल्यै बुझिने बताए।

प्रकाशित मिति: : 2023-05-05 21:25:00

प्रतिकृया दिनुहोस्