अभिनेतालाई आफ्नो प्रेममा घायल बनाउने करिश्मा तन्ना (फोटोफिचर)

तस्बिर– करिश्मा तन्ना
तस्बिर– करिश्मा तन्ना

भारतीय टेलिभिजनकी अभिनेत्री करिश्मा तन्ना आफ्नो अभिनयको कारण चर्चितमा छिन्। 

सन् २००१ को सिरियल ‘क्यूकी सास भी कभी बहु थी’ मा गरेको अभिनयबाट उनी चर्चामा आएकी हुन्। उनले ‘नागिन–३’, ‘कयामती कि रात’ लगायत कयौँ कार्यक्रमा होस्ट गरिसकेकी छिन्। 

सिरियलमा आफ्नो दमदार अभिनयका कारण चर्चा रहेकी उनले रियालिटी शो–‘जरा नाच्के दिखा–१’, ‘नाच बलिये–७’, ‘झलक दिखला जा–९’, ‘फियर फ्याक्टर–खतरोँ के खिलाडी’ जस्ता शोहरुमा आफ्नो सहभागिता जनाइसकेकी छिन्। उनी खतरोँ के खिलाडीकी विजेता समेत हुन्।

सन् २०१८ सालमा रिलिज भएको फिल्म ‘सन्जु’ मा पनि उनी देखा परेकी थिइनु। फिल्मी क्षेत्रमा आफूलाई चिनाउन सफल भएकी तन्नाले २०२२ फेव्रअरी–५ मा व्यापारी वरुण बंगेरासँग विवाह गरिन्। आफ्नो प्रेमीसँग वैवाहिक बन्धनमा बाँधिएकी उनले विवाहअघि कयौँ अभिनेताको मन घायल बनाएकी थिइन्। 

प्रकाशित मिति: : 2023-05-11 22:10:00

प्रतिकृया दिनुहोस्