फिल्मले जुराएको बिपाशा बासुको जोडी (फोटोफिचर)

बलिउडकी मोडल तथा अभिनेत्री हुन्, बिपासा बासु। जो आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चामा छाइरहन्छिन्। उनले सन् २००१ मा फिल्म ‘अजनबी’ बाट बलिउड डेब्यू गरेकी थिइन्।

फिल्ममा नकारात्मक भूमिका निभाएकी उनी पहिलो फिल्मबाटै सर्वश्रेष्ठ अभिनेत्रीको आवार्डको नाममा परेकी थिइन्।

२००३ सालमा फिल्म ‘जिस्म’ बाट उनी बलिउडमा आफ्नो छवि छाड्न सफल भएकी थिइन्। त्यही फिल्ममा थिए, अभिनेता जेन अब्राहम। जोसँग बिपाशाको जोडीलाई खूब रुचाइएको थियो।

फिल्म खेलेर ‘रियर कप्पल’ बनेका उनीहरु बलिउडकै ‘रोमान्टिक कप्पल’ साबित भए। तर विवाह गर्ने नमिलेपछि उनीहरु ९ वर्षपछि अलग भए। 

वैवाहिक बन्धनमा बाँधिनअघि कयौँ अभिनेतालाई डेट गरिसकेकी बिपाशाले टिभीका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। उनले करणसँग सन् २०१६ मा विवाह गरेकी थिइन्। 

करणसँग उनको भेट फिल्म ‘अलोन’ मा भएको थियो। २०१५ सालमा बनेको फिल्मको सूटिङमा उनीहरु नजिक भएका थिए। त्यहीँ नजिकी उनीहरुको लागि प्रेम बन्यो र एक वर्षपछि उनीहरुको विवाह भयो। अहिले उनी करणका साथ खुसी छिन्। उनीहरु ‘बोल्ड कप्पल’ को रुपमा परिचित छन्। 

 

प्रकाशित मिति: : 2023-06-14 20:20:00

प्रतिकृया दिनुहोस्