निगमको कमाइ : डिजेलमा लिटरमै १७ र पेट्रोलमा १५ रुपैयाँ नाफा

अनलाइनखबर

नवीन ढुंगाना

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ घटाउने निर्णय गर्‍यो । मंगलबार बिहान भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार सरकारले डिजेल, मट्टीतेल र पेट्रोलमा मूल्य घटाउने आस आम नागरिकलाई थियो । सोमबार बेलुकी प्राप्त आइओसीको मूल्यअनुसार डिजेल ८ रुपैयाँ र पेट्रोलमा ९ रुपैयाँले मूल्य घटेर आएको थियो ।

तर, मंगलबार बेलुकीको निगम सञ्चालक समिति बैठकले डिजेल र मटीतेलको मूल्य मात्रै लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गर्‍यो । लिटरमै १० रुपैयाँले घटेको डिजेलको मूल्यले महँगीलाई केही राहत त दिन्छ । तर, आर्थिक मन्दी र महँगीका कारण सर्वसाधारण आक्रान्त भइरहेका बेला सरकारले राहत दिन सक्ने हदसम्म मूल्य भने समायोजन गरेन ।

प्रकाशित मिति: : 2023-05-18 06:59:00

प्रतिकृया दिनुहोस्