भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने,१२ जना घाइते भएका छन्।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ। 

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2023-05-30 11:57:00

प्रतिकृया दिनुहोस्