मृत्युको मुखबाट फर्किएर एसियाकै चर्चित अभिनेत्री बनेकी सांग हाई क्यो (फोटोफिचर)

photo–timeforum
photo–timeforum

कोरियन चर्चित अभिनेत्री हुन्, सांग हाई क्यो। ४२ वर्षकी उनले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। तर बढ्दाे उनकाे क्रेजकाे कारण उनी एक चर्चित अभिनेत्री भइन्।

आफ्नो अभिनयले दर्शकलाई रुचाउने सांगको प्रसिद्ध ड्रामा बन्यो– ‘अटम इन माइ हार्ट’, इन्काउण्टर’, डिसेन्डन्ट अफ द सन’ लगायत ‘फुल हाउस’। अहिले कोरियन इन्डस्ट्रीकी सफल उनको जन्मदिन कहलीलाग्दो थियो।

मिडिया रिर्पोटका अनुसार उनी जन्मदा निकै बिरामी थिइन्। उनलाई डाक्टरले नै नबाँच्ने संकेत दिएका थिए। तर बिरामीबाट छुटकारा पाएपछि उनको जन्ममिति नै बदलियो।

सानै उमेरमा उनको बा–आमाको डिर्भोस भयो। जसकारण उनी आमाको साथमा हुर्किइन्। सन् १९९६  मा उनले ‘स्मार्ट मोडल’ प्रतियोगितामा सहभागिता जनाइन् जहाँ उनी पहिलो नम्बरमा आउन सफल भइन्।

प्रतियोगितामा पहिलो भएकी उनले एक कम्पनीमा मोडलको रुपमा काम गर्न सुरु गरिन्। मोडल बनेर आफ्नो साैन्दर्यतालाई छरिरहेकी उनले पहिलोपटक टेलिभिजन नाटक ‘फस्र्ट लव’ मा काम पाइन्। त्यसपछि उनले कयौँ नाटकहरु खेल्ने अवसर पाइन्। 

दर्जनाैँ टेलिभिजन नाटकमा खेलेर चर्चा बटुलेकी उनी अहिले एसियाकै प्रसिद्ध अभिनेत्रीमध्येकी एक बन्न सफल छिन्। जसले करोडौं दर्शकहरुलाई आफ्नो घायल बनाएकी छिन्। 

प्रकाशित मिति: : 2023-06-12 22:00:00

प्रतिकृया दिनुहोस्