दाङका १४ र १२ वर्षीया दिदी-बहिनी घरबाट हराए

दाङमा एकै घरका दुई दिदी-बहिनी घरबाट सम्पर्कविहीन भएका छन्। राप्ती गाउँपालिका– ३ नयाँवस्ती मसुरीयाका १४ वर्षीया अनिषा घर्तीमगर र १२ वर्षीया बहिनी अनिष्मा घर्तीमगर घरबाट सम्पर्कविहीन भएका हन्।

यही शनिबार (जेठ १३ गते) उनीहरु घरमा कोही नभएको बेलामा घरबाट निस्किएको तर चार दिनसम्म पनि सम्पर्कमा नआएको परिवारले जानकारी दिएको छ। चार दिन बितिसक्दासमेत परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजीका लागि परिवारको आग्रह छ।

दुबै गोरो वर्णका दुई दिदी-बहिनीलाई भेट्नेले नजिकको प्रहरी कार्यालय वा ९८६८१००६४६ ,९८०९५०७९६४, ९८६८६४२८९८ सम्पर्क गर्न उनका बुवा निमचन्द घर्तीमगरले आग्रह गरे।

प्रकाशित मिति: : 2023-05-30 19:27:00

प्रतिकृया दिनुहोस्