पत्रकार सज्जनको 'पोखरामा' गीत सार्वजनिक (भिडियोसहित)

बहुप्रतिभाशाली गायक तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ म्युजिक भीडियो पोखरामा बाेलकाे गीत सार्वजनिक भएको छ।   

‘पोखरामा दुई कुराकाे भर हुन्न रे एउटा  पानीको अर्को नानीको’ गितको मुल थेगो रहेको छ।

पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन्। गितमा भनिएको छ, ‘एकै छिनमा बादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी।’

पोखराको मौसम र प्रेमलाई  बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ। गितमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ र विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

बागलुङ घर भएका सज्जन न्युज पोर्टल इलाकाखबर डटकमका सम्पादक/संचालक हुन्। उनी प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष समेत रहेका छन्।

गितको भीडियोलाई इश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन्। राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय देख्न सकिन्छ।

भिडियोमा पोखराको फेवाताल र यहाँका पर्यटकीय ठाउँमा छांयाकन गरिएको छ।

भिडियोः

प्रकाशित मिति: : 2023-05-31 07:40:00

प्रतिकृया दिनुहोस्