ओडिसा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

photo: Agency
photo: Agency

छिमेकी मुलुक भारतकाे ओडिसाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले गर्ने भएको छ।

एउटा मालबाहक र दुईवटा यात्रीबाहक रेलसहित तीन वटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु. १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ।

दक्षिण पूर्वी रेलवेका एक अधिकारीकाअनुसार आजसम्ममा क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई रु १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ।

आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन्।

दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन्। दुर्घटनाको केन्द्रीय जाँच ब्युरो सीबीआईले अनुसन्धान गर्ने भएको छ।

करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन।

एजेन्सी

प्रकाशित मिति: : 2023-06-06 21:47:00

प्रतिकृया दिनुहोस्