अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। 

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार 'फैजाबाद शहरमा  भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन्। घाइते सबैलाई अस्पताल लगिएको छ।'

स्थानीय समयअनुसार बिहान ०८ः१५ बजे फैजाबाद शहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो। घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: : 2023-06-07 05:53:00

प्रतिकृया दिनुहोस्