लुम्बिनीकाे नीति तथा कार्यक्रममाथि भाेलिदेखि छलफल हुने

लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ।

सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए। नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ। 

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २६ गते प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। आजको बैठकमा नीति तथा कार्यक्रमबारे धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ। धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहेका थिए। लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधारर स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ। व्यावसायिक प्रवद्र्ध्न, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ। रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ।

प्रकाशित मिति: : 2023-06-11 15:42:00

प्रतिकृया दिनुहोस्