काठमाडाैँ टु जिरी बुलेट बाइकमा सरर... (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

काठमाडाैँदेखि जिरीसम्मको ३ दिन २ रातको बुलेट बाइक यात्रामा दुई दर्जन राइडरहरु यात्रामा निस्किएका छन। आज (शुक्रबार) बिहान १० बजे करिब २४ जना बाइक राइडर यात्रामा निस्किएका हुन्।

१ सय ८८ किमी दूरीमा रहेको दोलखाको जिरीको पर्यटन प्रवर्धन गर्न बुलेट बाइक यात्रा गर्न लागिएकाे आयोजक बुलेट हाउसका सञ्चालक रमेश कार्कीले बताए। ‘यसअघि हामीले नेपालको विभिन्न पर्यटकीय क्षेत्र जस्तै रारा र अपर मुस्ताङ, लोमान्थाङलगायत ठाउँको बाइक यात्रा गरेका थियौँ,’ उनले भने,‘कोरोना महामारीले बिचमा बाइक टुर स्थगित गरेका थियौँ, जिरी बाइक टुरबाट हाम्रो अभियान फेरि सुचारु भएकाे छ।’

दोलखा जिल्लाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललगायत जिरीको पर्यटन प्रवर्धनकाे लागि यात्रा गर्न लागिएकाे युवा उद्यमी लिलाराम खड्का बताए। ‘जिरी घुम्न जाऔँ फिरिरी अभियानको काठमाण्डु टु जिरी बाइक टुर पर्यटन प्रवर्धनकाे लागि कोशेढुंगा हुनेछ,’ पर्यटन प्रवर्धन मञ्च नेपालका अध्यक्षसमेत रहेका खड्काले भने।

काठमाडाैँकाे तीनकुनेबाट यात्रा सुरु गरेका राइडरहरुले धुलिखेल–दोलालघाट–खाडीचौर–खरिढुङ्गा–चरिकोट–तमाकोसी–खावा हुँदै जिरी सेरोफेरो यात्रा गर्ने छन्।

तीनकुनेस्थित बुलेट हाउसले बाइक टुरको आयोजना गरेको हो भने पर्यटन प्रवर्धन मञ्च नेपालले सहयोग गरेको हो।

प्रकाशित मिति: : 2023-06-16 11:18:00

प्रतिकृया दिनुहोस्