वेस्ट इन्डिजविरुद्ध नेपालको खराब सुरुआत, आशिफ शेख पनि आउट

जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ। 

बिहिबार टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको थियो। वेस्ट इन्डिजले दिएको ३४० रन  पछायएको नेपालले  रनमा तीन विकेट गुमाएको छ।

नेपालका ओपनरआशिफ शेख ३६ बलमा २८ रन बनाएर आउट हुन पुगे। उनलाई किमो पाओलले मेयर्सकाे हातबाट क्याच आउट गरेका हुन्। यसअघि नेपालका ओपनर कुशल भुर्तेल र भीम सार्की आउट भइसकेका छन्।

नेपाल हाल तीन विकेट गुमाउँदै ५१ रन बनाएर खेलीरहेको छ। 

प्रकाशित मिति: : 2023-06-22 17:40:00

प्रतिकृया दिनुहोस्