विश्वकप छनोट: ओमान ९८ रनमा अलआउट

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा श्रीलंकाविरुद्ध ओमान ९८ रनमा अलआउट भएको छ।

जिम्बावेकोमा भएको खेलमा ओमान ३०.२ सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो। ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए। ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए। त्यस्तै कसुन रजितले एक विकेट झारे। श्रीलङ्का अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रकाशित मिति: : 2023-06-23 16:02:00

प्रतिकृया दिनुहोस्