दबाबमा नेपाल, आरिफ पनि आउट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेदरल्यान्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालका अरिफ शेख ३ बलमा ६ रन बनाएर आउट भएका हुन्। यसअघि नेपालका दुवै ओपनर आउट भइसकेका छन्। ओपनर अशिफ शेख शून्य रनमा बोल्ड आउट भएका थिए भने कुशल मल्ल ४१ बलमा २७ रन बनाएर आउट भएका थिए।

१६ ओभरमा तीन विकेट गुमाएको नेपाल अहिले दबाबमा छ। हाल नेपाल १६.१ ओभरमा तीन विकेट गुमाएर खेलीरहेको छ। क्रिजमा अहिले कप्तान रोहित पौडेल र भीम सार्की छन्।

प्रकाशित मिति: : 2023-06-24 14:01:00

प्रतिकृया दिनुहोस्