असाेज–१० गते 

कीर्तिपुरमा विश्व पर्यटन दिवसमा सन्ध्याकालीन सम्पदा यात्रा हुने 

तयारीका लागि म्यापिङ कार्यक्रम

विश्व पर्यटन दिवसका अवसरमा कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएकाे छ। 

कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असाेज–१० गते उक्त यात्रा हुने भएकाे हाे। याे पटककाे मूल सन्देश पर्यटन र हरित लगानी रहेकाे छ।

विशेषत: काठमाडौँ उपत्यकाका पर्यटकीय स्थानहरुमध्ये कीर्तिपुरको विशिष्ट पहिचान रहेको छ। डाँडामा रहेको हुँदा साँझको समयमा कीर्तिपुरबाट उपत्यका कै मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठूलो संभावना देखिन्छ। 

कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रबर्धन गरिरहेकोछ। पर्यटकहरू प्राय: अपरिचित क्षेत्रहरू पत्ता लगाउन डिजिटल नक्साहरूमा भर पर्छन्। 

डिजिटल नक्साले किर्तिपुरका आकर्षणहरू, सम्पदास्थलहरु, होटलहरू, रेस्टुरेन्टहरू, र अन्य चासोका बिन्दुहरूका लागि सही निर्देशनहरू प्रदान गर्दछ। जसले गर्दा पर्यटकहरूले सहरलाई सजिलै र प्रभावकारी रूपमा अन्वेषण गर्न सक्छन्। 

यही कुरा मनन गरेर कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रबर्धन र नक्सामा ठाउँहरु, रुटहरु राख्न अभियान मिति २०८० भाद्र २१ बाट सुरु गरेको छ। 

सो अवसरमा कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइडहरु, पर्यटनका विद्यार्थीहरु, स्थानीयहरुको सहभागितामा म्यापिङ र डिजिटल प्रबर्धन विज्ञ सौरभ ढकालद्वारा प्रस्तुतिकरणका साथै स्थलगत नक्साङ्कन गरिएको थियो।

सहभागीहरुले गुगल म्याप लगाएतका नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए। 

कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने जानकारी दिए। 

डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक-समय जानकारी प्रदान गर्दछ। 

यो तथ्याङ्कले पर्यटकहरूलाई उनीहरूको गतिविधिहरूको बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्दछ।

प्रकाशित मिति: : 2023-09-08 17:18:00

प्रतिकृया दिनुहोस्