‘धान दिवस’को अघिल्लो दिन जे देखियो...(भिडियो) 

असार महिना कृषकका लागि ‘मानो रोपेर मुरी उब्जाउने’ महिना हो। महिना दिन मेहनत गरेर वर्ष दिनलाई खान पुग्ने धान उत्पादन गर्न असार महिनामा कृषक निकै व्यस्त हुने गर्छन्।

नेपालको प्रमुख खाद्यान्न बालीमध्ये धान एक हो। धानको उत्पादन वृद्धि बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको छ। तर धान रोप्ने समयमा प्रत्येक वर्षमा कृषकले मल र पानीको समस्या भोग्नुपर्ने अवस्था छ। यस वर्ष धान रोप्नका लागि मलको अभाव हुन नदिने सरकारको दाबी छ।

सरकारको दाबी जस्तै यस वर्ष अन्य वर्षको जस्तो मलको अभाव देखिएको छैन। तर कृषकले सहज रुपमा मल अझै उपलब्ध हुन नसकेको गुनासो गरेका छन्।

भोलि (शुक्रबार) असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ। यस दिनलाई दही-चिउरा खाएर मनाउने दिनका रुपमा पनि चिनिन्छ। खेतमा महिना दिनसम्म काम गरेर थाकेका कृषक आफ्नो शक्ति आर्जनका लागि दही-चिउरा खाने र रमाइलो गर्ने गरेको पाइन्छ।

असार १५ अर्थात धान दिवसका दिनमा असारे गीत गाएर कृषकहरु खेतमै रमाइलो गर्ने गर्छन्।

भोलि धान दिवसका मनाउने तयारी गरिरहेका कृषकले अघिल्लो दिन (आज) खेतमा कति व्यस्त रहेका छन्? यस वर्ष सरकारले भनेझैँ मलको अभाव भएको छ कि छैन? धान दिवसको तयारीको अवस्था के छ? भन्ने विषयमा आज बिएल नेपाली सेवाले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२१ खोकनाका कृषकसँग भेट गरेको छ। 
हेर्नुहोस् कृषकसँग भेटपछिको कुराकानी:

प्रकाशित मिति: : 2023-06-29 14:33:00

प्रतिकृया दिनुहोस्