प्रवीण बास्तोला मृत्यु प्रकरण

प्रवीण बास्तोला मृत्यु प्रकरण : घरधनी गिरी पक्राउ 

तेजन खड्का

उर्लाबारी

मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको  रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई  उर्लाबारीबाट पक्राउ गरेको हो। मृत्यु  भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ।



प्रवीण बास्तोला प्रकरणः प्रहरी निरीक्षक पोख्रेलसहित ४ आरोपी अनुसन्धानमा तानिए

भूलवश मृतकको तस्बिर अर्को पर्दैमा प्रहरीले घटना कमजोर बनाएको भन्न मिल्दैन : एसपी खड्का



उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिएका छन । 

बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो। तर उनको मृत्यु नभइ हत्या भएको दाबीसहित बहिनी सदीक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो।



शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 

बास्तोलाको शंकास्पद मृत्यु, प्रहरी नै शंकाको घेरामा



प्रहरीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले बाँस्तोलाका साथीहरु उर्लाबारी नगरपालिका-६ निवासी ३२ वर्षीय राजेश रणपहेंली, रतुवामाई नगरपालिका-१० का २९ वर्षीय रिकेश शिवा उपनामका मेहरमान दर्जी, उर्लाबारी नगरपालिका-६ निवासी १९ वर्षीय सुदीप परियार,उर्लाबारी नगरपालिका-६ का ६० वर्षीय रमेश गिरी, उर्लाबारी-९ का ३४ वर्षीय कुमार राई र झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दिपेश पौडेलविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको थियो।



प्रवीण बास्तोला मृत्यु प्रकरण : एकलाई जेल चलान, अर्का धरौटीमा रिहा

बास्तोला मृत्यु प्रकरण:मिसिलमा मृतकको गलत फोटो समावेश गर्ने प्रहरी निरीक्षक अझै उर्लाबारीमै !



यसअघि प्रवीणको हत्या अभियोगमा पक्राउ परेकामध्ये मोरङकै रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी जेल चलान भएका हुन्।

उनीसँगै पक्राउ परेका उर्लाबारी नगरपालिका-९ निवासी ३४ वर्षीय कुमार राईलाई जिल्ला अदालत मोरङले ३ लाख धरौटीमा रिहा गरेको छ।

प्रकाशित मिति: : 2021-03-01 08:03:00

प्रतिकृया दिनुहोस्