हाम्रो दुस्मनी ‘शेरबहादुर दाइ’सँग होइन: गुरुराज घिमिरे 

कांग्रेस रुपान्तरण अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले कांग्रेस बिग्रिसकेको बताउँदै विशेष महाधिवेशनको बाटोमा लाग्न अपिल गरेका छन्। 

सोमबार काठमाडौंमा ‘तरुण, युवाहरूसँग रुपान्तरण संवाद’ गर्दै उनले नेपाली कांग्रेस रुपान्तरणको अभियानलाई कसैविरुद्ध दुश्मनी वा वैरभाव नठान्न पनि आग्रह गरे। 

‘रुपान्तरणको दायरा विस्तृत छ। कोहीसँग बैरभाव छैन। शेरबहादुर दाइसँग वा अरु कुनै नेतासँग दुस्मनी छैन’ उनले भने ‘पार्टी राम्रो चलाउनुस्, हामी सहयोग गर्छौं तर पार्टी राम्रोसँग चलेन भने हामी विधानको बाटो रोज्छौँ अथवा विधानले व्यवस्था गरेको विशेष अधिवेशनको बाटो रोज्छौँ। इतिहासमा अंकित हुने काम गर्छौं।’

उनले कांग्रेस बिग्रिदैं बिग्रिदैं गएर आज खानेपानी समितिको चुनावमा समेत ‘गठबन्धन’ गर्नुपर्ने अवस्था आएको बताए। 

‘आज कांग्रेस बिग्रिएर संसदीय चुनाव, प्रदेश चुनाव, स्थानीय चुनावमा गठबन्धन हुँदा हुँदा स्ववियु चुनावमा पनि गठबन्धन भयो। त्यति मात्र होइन खानेपानीको अध्यक्ष चुन्न पनि गठबन्धन गर्नुपर्ने अवस्था आएको छ,’ घिमिरले भने, ‘के कांग्रेस एक्लै उभिने अवस्थामा नसक्ने भएको हो। कहिलेबाट एक्लै उभिनेरु विपी कोइरालाले सिकाएको मार्गदर्शन यो होइन। त्यसैले कांग्रेस रुपान्तरण हुनुपर्छ।’ 

घिमिरले कांग्रेस रुपान्तरण अभियान कुनै गुटको नभएको बताउँदै कांग्रेस पार्टीले गरिरहेको गल्ती सहरे नबस्ने जिकिर गरे।

‘हामीले नेताहरूको कार्यकाल राम्रो होस भन्ने नै हो। तर हामीले भनेको कुरा केन्द्रीय कमिटीले सुनेन भने हामी थप संघर्ष गर्छौँ’ उनले भने। 

भेलामा सहभागी केही ‘तरुण नेता’हरूले भने यो अभियानको आलोचना गर्दै विधानविपरीत काम नगर्न नेताहरूलाई चेतावनी दिएका थिए। 

तरुण दलका पूर्वखेलकुद विभाग प्रमुख पदमराज पाठकले तरुण दल नै विधानविपरीत चलेको आरोप लगाए। 
पार्टीको केन्द्रीय सदस्यमा हारेका केही व्यक्ति तरुण दललमा आएर केन्द्रीय सदस्य बनेको भन्दै उनले प्रश्न उठाएका थिए। 

‘केन्द्रीय सदस्य हार्ने अनि आज तरुण दलको केन्द्रीय सदस्य भन्ने लाज लाग्दैनरु, उनले प्रश्न गरे, ‘आज हामी रुपान्तरण गर्छौं, के हामीले अब रुपान्तरणको अभियानमा छौँ भन्न मिल्छ?’ 

हालैमात्र तरुण दलका अध्यक्ष विद्वान राईले आगामी अधिवेशन तयारीका लागि भन्दै केन्द्रीय समिति विस्तार गरेर ४०० भन्दा धेरै सदस्य मनोनित गरेका छन्। 

यस्तै अर्का नेता नारायण पुडासैनीले पनि तरुण दलमा ९५ जना मात्र सदस्य हुन पाइने विधान रहेको बताउँदै कसरी यति धेरै सदस्य राखिएको भनेर प्रश्न गरे। 

उनले भने, ‘विधानविपरीत तरुण दलले कार्य गर्ने अनि कांग्रेस रुपान्तरणको अभियान भन्न मिल्छरु, यो त तपाईहरूको कांग्रेस रुपान्तरणको होइन, शेरबहादुर देउवा फाल्ने अभियान हो।’

प्रकाशित मिति: : 2023-07-10 20:09:00

प्रतिकृया दिनुहोस्