हरियो साउनमा रंगीन इन्द्रचोक (भिडियाेसहित)

हरियालीको महिना साउन। हरियाली मात्र होइन, रंगीन पनि हो साउन। 

साउनमा प्रकृति त यसै रंगीन हुन्छ नै, त्यसमा पनि नारी श्रृङ्गारले साउनलाई अझ साजाइदिन्छ। 

साउनलाई विशेष गरि हिन्दु महिलाहरूले विशेष महत्वका साथ मनाउने गर्छन्। साउनको पहिलो सोमबारबाट उनीहरू ब्रत बस्ने गर्दछन्। विवाहित महिलाले साउनमा शिव भगवानको ब्रत बसेर श्रीमानको आयु लम्बियोस् भनेर कामना गर्छन्।

त्यस्तै, अविवाहित महिलाले भने शिवको नाममा ब्रत बस्दा राम्रो श्रीमान् पाउने धार्मिक विस्वास छ। यसपालि साउनमा मलमास परेकोले असारको अन्तिम सोमबारदेखि नै साउने ब्रत सुरु भैसकेको थियो। 

काठमाडौंको इन्द्रचोकमा अहिले साउनका सामाग्री किन्न पसलमा भिड लाग्ने गरेको छ। ब्रतालुहरू सारी, चुरा, पोते किन्न बिहानै देखि इन्द्रचोक पुग्छन्। 

पसलमा महिला सामान रोज्दै-खोज्दै छन्। पसलका साहुजीहरू राम्रा सामान देखाउन तथा पोते उन्नमा ब्यस्त छन्। कोरोनापछि ठप्प जस्तै भएको इन्द्रचोक बजार यस्तै केही चाड विशेषमा  ग्राहकको भीड लाग्न थालेको छ। 

बिएल नेपाली सेवाले साउन महिनामा इन्द्रचोकका रंगीन दृष्यहरू कैद गरेको छ–

प्रकाशित मिति: : 2023-07-17 05:39:00

प्रतिकृया दिनुहोस्