कान्तिपुर टिभीले सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गरेको छ।
टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ।
गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए। उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो।