दाङमा बसभित्रै ७३ वर्षीया बृद्धा महिलामाथि सामूहिक बलात्कार

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दाङमा ७३ वर्षीया वृद्धा महिलालाई बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्ला कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताएका छन्।

प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइपुगेकी थिइन्।

आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर सामूहिक बलात्कार गरेकाे प्रहरीकाे स्राेतकाे दाबी छ। 

महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-07-21 09:42:00

प्रतिकृया दिनुहोस्