युरोपमा हरेक वर्ष बीस हजारभन्दा बढीको डुबेर मृत्यु

युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ।

डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन्।

विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ। अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन्।

डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउँने गरेका छन्। पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जलयातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्याङ्कमा समेटिएका छन्।

प्रकाशित मिति: : 2023-07-25 05:31:00

प्रतिकृया दिनुहोस्