परमाणु बमको खोजकर्तामा आधारित ‘बायोपिक’ ‘ओपनहाइमर’ बाट गीता पढेको श्लोक हटाइएको छ।
क्रिस्टोफर नोलनद्वारा निर्देशित ‘बायोपिक’मा एक अन्तरङ्ग दृश्यमा गीताको श्लोक पढेको र त्यसबाट निम्तिएको बिरोधको कारण सिनेमाबाट उक्त दृश्य हटाइएको हो।
सिनेमाको निर्माता स्यानकपी इङ्क र एटलस इन्टरटेन्टमेन्ट र वितरक युनिभर्सल पिक्चर तथा निर्देशक नोलनले एक माफीपत्र जारी गर्दै आफूहरुको हिन्दु धर्मलाई अपमान गर्ने मनसाय नभएको र यसबाट सम्पूर्ण हिन्दु धर्मालम्बीमा पर्न गएको चोटप्रति खेद प्रकट गरेको छ। अगाडि भनिएको छ ‘अब उप्रान्त आफ्ना उत्पादनहरुमा त्यस्तो प्रकारको ‘कन्टेन्ट’ प्रस्तुत गरिने छैन।’