निर्माण व्यवसायीको बालुवाटारमा प्रदर्शन (तस्बिरहरु)

काम गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले बालुवाटारमा प्रदर्शन गरेका छन्। बिहान ९ बजे आफ्नो माग सरकारले सुनुवाइ नगरेको भन्दै निर्माण व्यवसायीले प्रदर्शन गरेका हुन्।

निर्माण कार्यको बाँकी रकमको भुक्तानी पाउनुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्ने, मूल्य समायोजन उपभोक्ता समिति खारेज गर्नुपर्नेलगायतको माग राख्दै व्यवसायीले प्रदर्शन गरेका छन्।

सोमबार नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेको व्यवसायीहरुले आज मंगलबार प्रधानमन्त्री, सभामुख निवास बालुवाटरमा प्रदर्शन गरेका हुन्।

तस्बिरहरु ः

प्रकाशित मिति: : 2023-08-01 09:31:00

प्रतिकृया दिनुहोस्