मेगा मिलियन्स लोटरी १ दशमलव २५ बिलियन डलर पुग्याे

अमेरिकामा आउँदो शुक्रबार (अगस्ट ४ तारिख)मा खोलिने मेगा मिलियन्स लोटरी १ दशमलव २५ बिलियन (अर्ब) डलर पुगेको छ। गत मंगलबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट १ दशमलव २५ बिलियन डलर भएको हो।

विजेताले एकमुष्ठ नगद लिन चाहेमा कर काटेर ६२५ दशमलव ३ मिलियन डलर प्राप्त गर्ने छन्।

यदी तपाईं ज्याकपट जित्ने सपना देख्नुभएको छ भने लोटरी खरिद गर्नुपर्छ। लोटरीको मूल्य २ डलर पर्छ र थप १ डलर बढी तिर्‍याे भने पुरस्कार डबलदेखि दश गुणासम्म हुन्छ।

प्रकाशित मिति: : 2023-08-03 21:49:00

प्रतिकृया दिनुहोस्